NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अनुष्काले पनि ‘जि ले जरा’ मा काम नगर्ने

एजेन्सी । बलिउड अभिनेता तथा निर्माता फरहान अख्तरको फिल्म ‘जि ले जरा’ घोषणापछि लगातार चर्चामा छ । अहिले अनुष्का शर्माले पनि फिल्ममा काम गर्न अस्वीकार गरेकी छिन् । वास्तवमा, यसअघि प्रियंका चोपडा यस प्रोजेक्टबाट अलग भएको खबर आएको थियो ।

फिल्ममा प्रियंका र कट्रिनाको स्थानमा अनुष्का शर्मा र कियारा आडवाणीलाई कास्ट गरिएको थियो । तर, अहिले यो चलचित्र समस्यामा परेको देखिन्छ ।

रिपोर्टका अनुसार फिल्म निर्माताहरूले प्रियंकाको सट्टा अनुष्कालाई फिल्ममा कास्ट गर्ने निर्णय गरेका थिए। बलिउड हंगामाको रिपोर्टका अनुसार अनुष्काले पनि डेट र कमिटमेन्टका कारण फिल्ममा काम गर्न अस्वीकार गरेकी छिन् ।

रिपोर्टका अनुसार जब अनुष्कालाई यो भूमिका अफर गरिएको थियो, तब अनुष्का यो महिला केन्द्रित खोज फिल्ममा काम गर्न निकै उत्साहित थिइन् । तर, उनको फिल्मको समय तालिका उनको सुटिङसँग मेल खाएन ।

पछिल्लो रिपोर्ट अनुसार कट्रिना यस प्रोजेक्टमा संलग्न हुनसक्छिन् । जसका कारण फिल्ममेकरहरू अनुष्काको सुटिङ शेड्युल आलिया र कट्रिनाको शेड्युलसँग मिलाउन चाहन्थे । तर, अनुष्काले केही फिल्मका लागि कमिटमेन्ट दिएकी छिन् र उनले फिल्ममा काम गर्न अस्वीकार गरिन् ।

सुरुमा प्रियंका, कट्रिना र आलियालाई लिएर यो फिल्म बनाउने घोषणा भएको हो । तर प्रियंकाले हलिउड प्रोजेक्टका कारण फिल्मको सुटिङको लागि समय दिन नसक्ने भइन् । जसकारण उनले फरहानलाई फिल्म २०२४ मा छायांकन गर्न अनुरोध पनि गरेकी थिइन् ।

रिपोर्टका अनुसार फरहानले प्रियंकाको अनुरोध पनि स्वीकार गरेका थिए तर आलिया भट्टले रामायण र बैजु बावरा २०२४ मा सुटिङ गर्ने प्रतिबद्धता जनाइसकेकी छिन् । जसका कारण आलियालाई सन् २०२४ मा अर्को फिल्मको सुटिङ गर्न गाह्रो हुनेछ । यही कारणले फरहानले फिल्मको सुटिङ केही समयका लागि स्थगित गरेका छन् ।

फिल्म तीन युवतीको ‘रोड ट्रिप’ को कथामा आधारित हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष