‘गाह्रो छ गौरव’ कमेडी शो शुक्रबार
काठमाडाैं । नेपाली कमेडिएनहरूको ग्रुप हयाप्पी ग्रुपले शुक्रबार ‘गाह्रो छ गौरव’ कमेडी शो आयोजना गर्ने भएको छ । आयोजक टिमका अनुसार ह्यापी क्लव सिनामंगलमा शुक्रबार ६ बजेदेख उक्त शो हुँदैछ ।
उक्त कमेडी शो मा कमेडियन क्षेत्रमा भर्खरै उदाउँदै गरेका कमेडिएन गौरव पौड्यालले प्रस्तुति दिने कार्यक्रम रहेको छ । शो मा कम्युटर इन्जिनियर पौड्यालले कमेडिएन क्षेत्रमा गर्नुपरेका संघर्षको यात्राको बारेमा अनुभव सेयरसमेत गर्नेछन् ।
शो एक घण्टा २० मिनटेको रहेको छ भने टिकेट १९९ रूपैयाँ रहेको छ । टिकेट ह्याप्पी क्लव डट.कममा उपलब्ध रहेको आयोजकले जनाएको छ ।
ह्याप्पी क्लब हाँसो, आनन्द, खुशी साझा गर्ने कमेडिएन कलाकारहरको एउटा ग्रुप हो । जहाँ कमेडी, कविता र खुला माइक प्रस्तुति हुँदै आएको छ । ३० सीट क्षमता भएको उक्त स्टेज धुम्रमान, मद्यपानरहित स्वस्थ वातावारणमा शो हुने गरेको आयोजक टिमले जनाएको छ ।
साथै उक्त स्टेजमा हरेक बुधबार स्ट्यान्ड अप कमेडी, कविता र लाइभ म्युजिक हुँदै आएको छ । जोकोहीले त्यहाँ आफ्नो प्रस्तुति दिन पाउनेछन् ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया