‘एसिया–प्रशान्त क्षेत्रमा नेटोको विस्तार घातक’
बर्लिन । एक जर्मन सांसदले संयुक्त राज्य अमेरिकाको पूर्ण नेतृत्वमा रहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को एसिया–प्रशान्त क्षेत्रमा हुन लागेको विस्तारलाई ‘घातक’ भनेकी छन् ।
जापानमा नाटोको सम्पर्क कार्यालय खोल्ने योजनाप्रति टिप्पणी गर्दै जर्मनीको तल्लो सदनकी सदस्य सेभिम डग्डेलेनले अमेरिकी नेतृत्वमा नेटोले विश्वव्यापी प्रभुत्व जमाउन खोजेको बताइन् । उनले नेटोलाई अमेरिकी सुरक्षा र सैन्य नीतिको प्रमुख औजारको संज्ञा दिइन् ।
लिथुआनियाको भिल्नियसमा आजदेखि शुरु नेटो शिखर सम्मेलनले युक्रेनलाई गठबन्धन नजिक ल्याउनेछ महासचिव जेन्स स्टोल्टेनबर्गले शिखर सम्मेलन अघि भनेका थिए । नेटोले आफ्नो हितलाई अझ राम्रोसँग जोड्न युरोपेली सङ्घसँग भएको घनिष्ठ सैन्य र सुरक्षा एकीकरणलाई प्रवर्द्धन गर्न एसियाका सहयोगीहरूमा बढी ध्यान दिने सांसद डग्डेलेनले बताइन् ।
एसिया–प्रशान्त क्षेत्रलाई आफ्नो प्रभावको क्षेत्रमा समावेश गर्ने नेटोको चाहना घातक विस्तार नीतिको हिस्सा भएको उनले थपिन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया