वारेस राख्ने अनुमति पाएनन् बालेनले, आफैं अदालत धाउनुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सर्वोच्च अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।
हाल अदालतको अवहेलना मुद्दा खेपिरहेका बालेनले वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए ।
सोही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले अनुमति नदिने निर्णय गरेको हो ।
अब मेयर शाह आफैं अदालतमा उपस्थित भएर तारिख लिनुपर्नेछ भने सुनुवाइका दिन पनि अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
केही समयअघि काठमाडौंमा भारतीय सिनेमा चलउन रोक लगाएपछि उनीविरुद्ध परेको मुद्दामा काठमाडौं अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
यो आदेशसँगै मेयर शाहले अदालत पनि भारतको प्रभावमा परेको भन्दै समाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सोही टिप्पणीलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा अदालतको अवहेलना गरेको भन्दै उजुरी दिएकी थिइन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया