NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

वारेस राख्ने अनुमति पाएनन् बालेनले, आफैं अदालत धाउनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सर्वोच्च अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।

हाल अदालतको अवहेलना मुद्दा खेपिरहेका बालेनले वारेस राख्ने अनुमति माग्दै निवेदन दिएका थिए ।

सोही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले अनुमति नदिने निर्णय गरेको हो ।

अब मेयर शाह आफैं अदालतमा उपस्थित भएर तारिख लिनुपर्नेछ भने सुनुवाइका दिन पनि अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ ।

केही समयअघि काठमाडौंमा भारतीय सिनेमा चलउन रोक लगाएपछि उनीविरुद्ध परेको मुद्दामा काठमाडौं अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

यो आदेशसँगै मेयर शाहले अदालत पनि भारतको प्रभावमा परेको भन्दै समाजिक सञ्जालमा टिप्पणी गरेका थिए । सोही टिप्पणीलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा अदालतको अवहेलना गरेको भन्दै उजुरी दिएकी थिइन् ।