एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न एमालेले सचिवालयको बैठक बोलाएको छ ।
बैठक असार ३० गते ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव पद्यमा अर्यालले जानकारी दिइन् । अर्यालका अनुसार विकसित राजनीति घटनाक्रम, आगामी दिनमा एमाले लिने नीति, कार्यमुल्यांकन तथा समग्र पार्टीको काम कारवाहीको सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।
त्यसअघि बैठकको एजेण्डा तय गर्न अध्यक्ष ओलीले उपाध्यक्षहरूसँग छलफल गरेको अर्यालले जानकारी दिइन् । सरकारबाट बाहिरिएपछि एमालेले लिएको नीति एकपछि अर्को असफल हुँदै गएको छ । सरकारले भ्रष्टाचारमा एमालेलाई जोडेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया