एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न एमालेले सचिवालयको बैठक बोलाएको छ ।
बैठक असार ३० गते ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव पद्यमा अर्यालले जानकारी दिइन् । अर्यालका अनुसार विकसित राजनीति घटनाक्रम, आगामी दिनमा एमाले लिने नीति, कार्यमुल्यांकन तथा समग्र पार्टीको काम कारवाहीको सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।
त्यसअघि बैठकको एजेण्डा तय गर्न अध्यक्ष ओलीले उपाध्यक्षहरूसँग छलफल गरेको अर्यालले जानकारी दिइन् । सरकारबाट बाहिरिएपछि एमालेले लिएको नीति एकपछि अर्को असफल हुँदै गएको छ । सरकारले भ्रष्टाचारमा एमालेलाई जोडेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया