दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

काठमाडौं । चितवनको दास ढुंगामा शुक्रबार बिहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान ५ः२० बजे दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दुर्घटनाको पुष्टि गर्दै बसमा सवार ४० यात्रुमध्ये २० जना घाइते भएको जनाएको छ । घाइतेहरूलाई उद्धार गरेर पुरानो मेडिकल कलेज लगिएको छ ।
दुर्घटनामा परेको बस सडकबाट तल रुखमा अड्किएको छ । बीचमै बस अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया