बाजेको कुटाइबाट एक नातीको मृत्यु, अर्का गम्भीर घाइते
बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो । बाजे गणेशकै कुटाइबाट अर्का आठ वर्षीय नाती रिजन साउद गम्भीर घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आइसियुमा राखेर उपचार हुँदैछ ।
बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया