NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

शाओमी १२ सार्वजनिक,उत्कृष्ट फिचरसहित यस्ता छन् विशेषता

काठमाडाैं । शाओमीले रेड्मी १२  नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रेड्मी सिरजअन्तर्गतको एउटा मोडेल रेड्मी १२  ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, अमित कुमार पंडाले भने, ‘हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरु सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ ।  रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुन : परिभाषित गर्ने उद्देश्य राखेका छौँ । हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पूर्ण सम्भावनाहरूका ढोका खोल्नेछ ।’

प्रोसेसर

रेड्मी १२ मा १२ एन एममा निर्मित Octa-Core मिडियाटेक हिलियो G88 प्रोसेसर, 2GHz मा 2 x ह आर्म कोरटेक्स -A75 कोरहरु तथा 1.8GHz मा ट ह आर्म कोरटेक्स 6 x कोरहरु सहित उपलब्ध छ । यस डिभाइसको प्रोसेसर आर्म माली -G52 GPU समावेश छ ।

रेड्मी १२

६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबीको स्टोरेज गरी जम्मा २ भेरियन्टमा उपलब्ध छ । स्टोरेज भने १ टिबी सम्म थप गर्न मिल्नेछ ।

डिस्प्ले

यस डिभाइसमा २४६०x१०८०  को रिजोलुसन र ppi सहितको ६.७९ (” FHD+ डट डिस्प्ले समावेश छ । यस डिभाइसमा १५००:१  को कन्ट्रास रेसियो, ७० प्रतिशत NTSC कलर ग्यामट तथा ५५० nits (HBM)  सम्मको अधिकतम ब्राइटनेस सहित उपलब्ध हुनेछ । यस डिभाइसले ३६, ४८, ६०र ९० () Hz रिफ्रेस रेटको अप्सनसहित अडाप्टिभ सिंक सपोर्ट गर्छ । साथै रिडिंग मोड ३.० र SGS लो ब्लु लाईट पनि यस मोबाइलले प्रदान गर्छ ।

क्यामेरा

फोटोग्राफीको लागि रेड्मी १२ मा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ । जसमा ५० मेगा पिक्सेलको मेन क्यामेरा, १२० फिल्ड अफ भ्यू भएको ८ मेगा पिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २ मेगा पिक्सेल म्याक्रो क्यामेरा समावेश छ । पछाडि भएको क्यामेराले ३० fps १०८० पि र ३० एफपिएस (१९२०x१०८०) र ३० एफपिएसममा ७२० पि (१२८०x ७२०) भिडियो रेकर्डिङ समर्थन गर्दछ । अगाडि भने १०८० पि (१९२० x१०८०)भिडियो रेकर्डिङको लागि समर्थन सहितको ८ मेगा पिक्सेल क्यामेरा राखिएको छ ।

ब्याट्री र चार्जिङ

फोनमा ५००० एम ए याच  ब्याट्री जडान गरिएको छ जसले १८ वाट  फास्ट चार्जिङ समर्थन गर्दछ । तपाईले बक्स भित्र २२.५ वाट को फास्ट चार्जर पाउनुहुनेछ । यसमा चार्जिङ र डाटा ट्रान्सफरका लागि युयसबी–सी पोर्ट रहेको छ । सुरक्षाका अप्सनहरूमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक समावेश छ ।

नेटवर्क र कनेक्टिभिटी

रेड्मी १२  ले NFC समर्थन गर्दछ, यद्यपि NFC को उपलब्धता बजारहरू पिच्छे फरक हुन सक्छ । यसमा डुअल सिमको फिचर रहेको छ र हाइब्रिड स्लट प्रदान गरिएको छ जसले १ टीबी  सम्म एक्स्पाण्डेबल स्टोरेजको लागि माइक्रोएसडी कार्ड सपोर्ट गर्दछ । यस फोनले GSM, WCDMA / LTE  को लागि विभिन्न नेटवर्क ब्यान्डहरू समर्थन गर्नुका साथै यसमा दुवै वाइफाइ कनेक्टिभिटी २.४जी हर्ज  र ५जी हर्ज  फ्रिक्वेन्सी, ब्लुटुथ ५.३ र हेडफोन ज्याक संगै एफएम रेडियो पनि समावेश छ ।

बजार उपलब्धता

रेड्मी १२  मिडनाइट ब्ल्याक, स्काई ब्लू र पोलर सिल्भर गरी तीन रंगहरूमा र ६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी  भेरियन्टमा उपलब्ध हुनेछ । साथै यसमा १ टीबी सम्म एक्स्पाण्डेबल स्टोरेजको सपोर्ट रहेको छ ।

६ जीबी + १२८ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य रु. १७ हजार ९९९ र रु.२० हजार ९९९ रहेको छ ।

रेड्मी १२ असार २९ बाट नेपालभरका सबै आधिकारिक मी  स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध भइरहेका छन् ।