NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त

काठमाडाैं । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएल प्रालिले अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ।

सुरक्षा पन्त र कम्पनी बीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

नवीनता र गुणस्तरप्रति प्रतिबद्धताका लागि परिचित सीजी इलेक्ट्रिकले सुरक्षा पन्तलाई आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न रोजेको कम्पनीको भनाइ छ । सुरक्षाको आकर्षण, बहुमुखी प्रतिभा र प्रभावशाली व्यक्तित्वले उपभोक्ताहरूलाई अत्याधुनिक सामानहरू उपलब्ध गराउन र सहज सेवा प्रदान गर्न सीजी.इलेक्ट्रिकको  दृष्टिकोणसँग पूर्ण रूपमा मिल्दोजुल्दो भएको कम्पनीले जनाएको छ ।

सुरक्षा पन्त तीन प्रमुख खण्डहरूमा सिजी इलेक्ट्रिकको अनुहार हुनेछन्ः चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणहरू । सि.जी. इलेक्ट्रिकसँगको उनको सहकार्यले ब्रान्डको विशेषज्ञता र सम्बन्धित कोटीहरूमा असाधारण उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धतालाई प्रदर्शन गर्नेछ ।

सीजीका उपाध्यक्ष एससी साबूले भने, ‘हामी सुरक्षा जीसँग हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा आबद्ध हुन पाउँदा खुसी छौं । उनको अनुग्रह, प्रामाणिकता र उनको कामप्रतिको समर्पण हाम्रो सि.जी. इलेक्ट्रिक ब्रान्डको  मार्गदर्शनसँग स्पष्ट रूपमा मिल्छ । हामी विश्वस्त छौं कि हाम्रो ब्रान्डसँगको उनको सहकार्यले हाम्रो ब्रान्डलाई अर्को स्तरमा पु¥याउनेछ र यसलाई हाम्रा उपभोक्ताहरू बीच एक विश्वसनीय ब्रान्डको रूपमा स्थान दिनेछ ।’

सुरक्षा पन्तले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि परिचित ब्रान्ड सिजी इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा म सम्मानित छु । चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु । सि.जी. इलेक्ट्रिकले  नवीन र उच्च गुणस्तरका उत्पादनहरू प्रस्तुत गर्दछ, र म यी क्षेत्रहरूमा सि.जी. इलेक्ट्रिकको यात्राको हिस्सा हुन पाउँदा खुसी छु ।’

यस साझेदारीको अनुरुप, पन्तले प्रिन्ट र डिजिटल अभियानहरू, सामाजिक सञ्जाल पहलहरू र सार्वजनिक उपस्थितिहरूमा फैलिएको विभिन्न प्रचारात्मक गतिविधिहरूमा संलग्न हुनेछन् ।