भारतबाट घटेर आयो पेट्रोलको मूल्य

काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य घटेर आएको छ ।
प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य ३४ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य भने २ रुपैयाँ ४७ पैसा बढेर आएको छ ।
आईओसीले नयाँ मूल्यसूची पठाएपनि निमगले मूल्य समयोजन भने गर्न बाँकी छ ।
हाल पेट्रोल प्रतिलिटर १६७.५० रुपैयाँ, डिजेल र मट्टीतेलको १४७.५० रुपैयाँ छ ।
प्रतिक्रिया