सरकारले ट्रेजरी बिल्समार्फत १७ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत १७ अर्ब ७० करोड रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यसको बोलकबोल सोमबार दिउँसो ३ बजे हुनेछ ।
नेपाल राष्ट्र बैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेकाे हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । जुन २०८० साल साउन ३० गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असोज ३० गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया