सार्वजनिक यातायातको भाडा घट्यो, यस्तो छ नयाँ भाडादर [सूचीसहित]
काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै सार्वजनिक यातायातको भाडा समायोजन गरेको जनाएको छ ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । सोही अनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
घटाएको भाडादर सोमबारदेखि लागू हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया