सार्वजनिक यातायातको भाडा घट्यो, यस्तो छ नयाँ भाडादर [सूचीसहित]
![सार्वजनिक यातायातको भाडा घट्यो, यस्तो छ नयाँ भाडादर [सूचीसहित]](https://nepalwatch.com/wp-content/uploads/2022/06/Yatayat_20200719141803.jpg)
काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै सार्वजनिक यातायातको भाडा समायोजन गरेको जनाएको छ ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । सोही अनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
घटाएको भाडादर सोमबारदेखि लागू हुनेछ ।
प्रतिक्रिया