आजबाट सातै प्रदेशमा ट्राफिक नियमको अभिलेख प्रणाली सुरु
काठमाडौं । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेरनगरेको बारे जानकारी राख्ने तथा जरिवानासमेत बैङ्किङ प्रणालीमा जोड्ने प्रणाली जिल्लामा समेत विस्तार गरेको छ ।
आजदेखि सात प्रदेशका २१ जिल्लामा उक्त प्रणाली लागू भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उक्त प्रणालीलाई ‘ट्राफिक भ्यालुलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ भनिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि उक्त प्रणाली २१ जिल्लामा लागू गरिएको केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए । यसअघि काठमाडौँ उपत्यकामा उक्त प्रणाली सञ्चालनमा थियो ।
सवारी नियम उल्लङ्घन कसुरहरूको जरिवानाबापत राजस्व सङ्कलनलाई प्रदेशगत रूपमा बैङ्किङ प्रणालीमा जोड्ने योजनाअनुरूप उक्त प्रणाली सञ्चालन गरिएको हो ।
उक्त प्रणाली कोशी प्रदेशअन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेस प्रदेशअन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेशअन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व)मा सञ्चालन गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेशअन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेशअन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया