NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एक अर्काको पोलखोल्दा युवतीहरुवीच हानाहान

सुनसरी । केटाहरुवीच सामुहिक झगडाको समाचार धेरै नै सुनिन्छ । तर केटीहरुकोवीचमा पनि त्यस्तै एउटा घटना भएको छ ।

सुनसरीको राजावसस्थित सप्तकोसी नदीको स्परमाथि स्थानीय युवतीहरुबिच भएको सामूहिक कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी चारजना फरार छन् । उनीहरूबिच एकको कुरा अर्काले खोलिएको विषयमा मुक्का हानाहान भएको थियो ।

बराहक्षेत्र ९ राजावास कोशी स्परमा युवतीहरुको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो बाहिरिएपछि घटनामा संलग्न एकजनालाई प्रहीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र १० प्रकाशपुरकी प्रतिमा लिम्बू छिन् । लिम्बूलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अरु चार युवती फरार छन् । फरारहरुको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक दत्तले जानकारी दिए ।

असार २९ गते शुक्रवार दिउँसो युवतीहरुबिच कुटपिट भएको थियो । कुटपिटमा बराहक्षेत्र ८ की १७ वर्षीय सन्ध्या परियार, १६ वर्षकी नवीना विश्वकर्मा र राजावासकी १९ मनिषा राईलाई पाँचजनाको समूहमा रहेका युवतीहरुले कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुले आफ्नो पोल खोलिदिएको भन्दै सप्तकोसीको चिहानडाँडा नोजमा लात्ती र मुक्काले हिर्काएको भिडियो बनाएर पीडकहरुले नै सञ्जालमा हालेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको र फरारहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।