NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पुराना बाइकलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने प्रयासमा आविस्कार केन्द्र

काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रले पुराना बाइकलाई विद्युतिय बाइकमा रुपान्तरण गर्न अध्ययन थालेको छ ।

आविस्कार केन्द्रलाई अध्ययन प्रयोजनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाले करिब १३ बर्ष पुरानो १० थान बाइक दान गरेको छ ।

आविस्कार केन्द्रले ती बाइक विद्युतिय मोटरसाइकलमा रुपान्तरण गर्ने जनाएको छ ।

नेपालमा रहेका पेट्रोलबाट चल्ने पुराना बाइक विद्युतिय प्रणालीमा रुपान्तरण भए अर्बौ रुपैयाँ विदेशिनबाट रोकिनेछ ।

प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको अग्रसरतामा एसपी सन्तोष आचार्यले मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

आविस्कार केन्द्रका प्रमुख महावीर पुनले दानको लागी नेपाल प्रहरीलाई धन्यबाद दिएका छन् ।