पुराना बाइकलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने प्रयासमा आविस्कार केन्द्र
काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रले पुराना बाइकलाई विद्युतिय बाइकमा रुपान्तरण गर्न अध्ययन थालेको छ ।
आविस्कार केन्द्रलाई अध्ययन प्रयोजनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाले करिब १३ बर्ष पुरानो १० थान बाइक दान गरेको छ ।
आविस्कार केन्द्रले ती बाइक विद्युतिय मोटरसाइकलमा रुपान्तरण गर्ने जनाएको छ ।
नेपालमा रहेका पेट्रोलबाट चल्ने पुराना बाइक विद्युतिय प्रणालीमा रुपान्तरण भए अर्बौ रुपैयाँ विदेशिनबाट रोकिनेछ ।
प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको अग्रसरतामा एसपी सन्तोष आचार्यले मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
आविस्कार केन्द्रका प्रमुख महावीर पुनले दानको लागी नेपाल प्रहरीलाई धन्यबाद दिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया