निगमको जहाजमा फेरि समस्या, छानविन गर्न समिति गठन
काठमाडौं । नेपाल वायुसेवा निगमको मलेसिया उडानका लागि ठिक्क परेको ९एन–एकेडब्लु जहाजमा समस्या आएपछि उडानमा ढिलाई भएको छ ।
आज क्वालालम्पुर–भैरह्वा–काठमाडौंमा उडान भर्न लागेको उक्त जहाजमा क्रु अक्सिजा बोतलको प्रेसर कम हुन आएको देखियो । जसकारण पूर्व निर्धारित समयमा उडान हुन नसकेको निगमले जनाएको छ ।
उडान ढिला भएकोमा क्षमा माग्दै निगमले यस्तो समस्या आउनुको कारण पत्ता लगाउन र भविष्यमा आउन नदिनका लागि छानविन समिति गठन गरी कारवाही अघि बढाइएको बताएको छ ।
चरा ठोक्किएर ग्राउण्डेड अवस्थामा रहेको दुईमध्ये एक न्यारोबडी जहाज हिजोमात्रै मर्मत भएको छ । त्यसो त व्यवस्थापकीय कमजोरीलाई औंल्याउँदै निगमको जहाजमा पटक–पटक आउने प्राविधिक समस्याको आलोचना हुँदै आइरहेको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया