निगमको जहाजमा फेरि समस्या, छानविन गर्न समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमको मलेसिया उडानका लागि ठिक्क परेको ९एन–एकेडब्लु जहाजमा समस्या आएपछि उडानमा ढिलाई भएको छ ।
आज क्वालालम्पुर–भैरह्वा–काठमाडौंमा उडान भर्न लागेको उक्त जहाजमा क्रु अक्सिजा बोतलको प्रेसर कम हुन आएको देखियो । जसकारण पूर्व निर्धारित समयमा उडान हुन नसकेको निगमले जनाएको छ ।
उडान ढिला भएकोमा क्षमा माग्दै निगमले यस्तो समस्या आउनुको कारण पत्ता लगाउन र भविष्यमा आउन नदिनका लागि छानविन समिति गठन गरी कारवाही अघि बढाइएको बताएको छ ।
चरा ठोक्किएर ग्राउण्डेड अवस्थामा रहेको दुईमध्ये एक न्यारोबडी जहाज हिजोमात्रै मर्मत भएको छ । त्यसो त व्यवस्थापकीय कमजोरीलाई औंल्याउँदै निगमको जहाजमा पटक–पटक आउने प्राविधिक समस्याको आलोचना हुँदै आइरहेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया