राष्ट्रिय भलिबल कप्तानमा मानबहादुर नियुक्त
काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुरलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।
गएको महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेपछि श्रेष्ठलाई नियुक्त गरिएको हो ।
सन् २०१५ मा नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।
आर्मीको कप्तानी गरिसकेका मानबहादुर पुरुष भलिबल टोलीको ११औं कप्तान हुन् । नेपालले एसियन गेम्समा मानबहादुरको कप्तानीमा प्रतियोगिता खेल्ने छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया