राष्ट्रिय भलिबल कप्तानमा मानबहादुर नियुक्त
काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुरलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।
गएको महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेपछि श्रेष्ठलाई नियुक्त गरिएको हो ।
सन् २०१५ मा नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।
आर्मीको कप्तानी गरिसकेका मानबहादुर पुरुष भलिबल टोलीको ११औं कप्तान हुन् । नेपालले एसियन गेम्समा मानबहादुरको कप्तानीमा प्रतियोगिता खेल्ने छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया