NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ट्रु–मी का उत्पादन अब नेपाली बजारमा

काठमाडौं– अमेरिकी प्रविधिबाट उत्पादित ट्रु–मी (True-Me) का व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री वितरण प्रारम्भ भएको छ । आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मी (True-Me) का विभिन्न उत्पादनहरु औपचारिक रूपमा सार्वजनिक गर्नु भएको हो ।
आजबाटै देशभरी बिक्री वितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनी ट्रु डर्मा एसए प्रा.लि.का अध्यक्षले जानकारी गराउनुभयो । नेपालमा ट्रु ड्रमाका बिभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रु–मी (True-Me) का उत्पादन समेत बिक्री वितरण शुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिनुभयो ।
‘ट्रु–मी (True-Me) का उत्पादनहरुलाई हामीले बितेका तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप विक्रिवितरण गरेका थियौं, बजारमा साकारात्मक प्रतिक्रिया पायौं जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साहि बनाएको छ’, ट्रु ड्रमा एसएका अध्यक्ष सुशान्त मुररकाले भन्नुभयो, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं ।’
नायिका स्वस्तिमा खड्काले टु डर्माले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ट्रु मी (True-Me) का विभिन्न उत्पादनहरु समेत गुणस्तरीय र प्रभावकारी हुने भएकाले यो ब्रान्डसँग आफु जोडिएको बताउनुभयो । उहाँले ट्रु मी (True-Me) का गुणस्तरीय उत्पादन नेपालमा ल्याउनुभएकोमा सुशान्त मुरारकालाई धन्यवाद समेत दिनु भयो ।
कार्यक्रममा बोल्दै ट्रुमीका उत्पादनका लागि ब्रान्ड एम्बेस्डर तथा सिनियर ब्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले भनुभयो, ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रुमीका उत्पादनमा विश्वसनीयता निहीत छ। यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थ समेत नरहेकोले सबैले प्रयोग गर्न उपयुक्त छन् ।’
नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मी (True-Me) का हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् ।
बजारमा उपलव्ध सामग्रीहरुमा केराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, केराटिन हेयर स्ट्रेटनिङ , हेयर ब्लिच पाउडर, डेभलपर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेका छन् । त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेसियल क्रिम, फेस जेल, फेस क्लिन्जिङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेसियल क्रिम, फेस जेल, फेस क्लिन्जिङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेसियल क्रिम, फेस जेल, फेस क्लिन्जिङ मिल्क), डायमन्ड कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लिन्जिङ मिल्क), स्किन ह्वाईटनिङ्ग प्रोड्क्ट ( फेस स्क्रब, फेस प्याक, फेसियल क्रिम, फेस जेल, फेस क्लिन्जिङ मिल्क) र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरु छन् ।
ट्रु–मी ब्रान्डका हेयर–केयर र स्कीन केयरका सामग्रीहरु सबै प्रकारका कपाल तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेकोे कम्पनीको भनाइ छ ।