घट्यो पीसीआर शुल्क

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताएका छन् । उनकाअनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको बताए । सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा एक हजार र निजी अस्पताल तथा प्रयोगाशालाले दुई हजार लिने गरेका थिए । कोरोनाको लक्षण देखिएका सबैको सरकारी अस्पताल तथा प्रयोगशालाले निःशुल्क पीसीआर परीक्षण गरिने गरिरहेको छ ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया