सिनामंगलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौं । काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । सो शंकास्पद वस्तु बम नभएको पाइएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार उक्त वस्तु बम नभइ डर पैदा गर्न नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको हो ।
शंकास्पद वस्तु राखिएको नजिकै नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो।
बुधबार बिहान काठमाडौं मेडिकल कलेज जाने ओरालोमा खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु भेटिएको थियो ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया