NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोशी प्रदेशको नामाकरण र सरकार गठनबारे कांग्रेसको धारणमाथि उठ्यो प्रश्न

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको नामाकरण र सरकार गठनबारे धारणा माग गरिएको छ ।

मंगलबारदेखि सुरु भएको कांग्रेस समिति बैठकमा आज केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । सोही क्रममा केन्द्रीय सदस्य नैनसिंह महरले कोशी प्रदेशको नामकरण र सरकार गठनबारे धारणा मागेका हुन् ।

उनले भने, ‘कोशी प्रदेशको नामकरण र प्रदेश सरकार गठनको विषयमा सबैले सोध्दा नेपाली कांग्रेसले के भन्ने ? धारणा भन्न गाह्रो भइरहेको छ।’

उनले कांग्रेसले कसैको बैशाखीमा नटेक्ने गरी एक्लै निर्वाचन लड्न सक्ने पार्टी निर्माण गर्न पनि अनुरोध गरे ।

सामाजिक क्षेत्रमा नेपाली कांग्रेस कमजोर हुने हो कि भन्ने भान हुन थालेकोले यसमा पनि ध्यान दिन उनले आग्रह गरे ।