रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता
रोल्पा । रोल्पामा सङ्घ र प्रदेशबाट प्राप्त पूँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पूँजीगत विकासका लागि आएको रकममध्ये रू ५६ करोड १५ लाख ९० हजार बजेट खर्च हुन नसकेर फिर्ता गएको हो ।
जिल्लामा सङ्घतर्फ रू ८३ करोड २३ लाख ४३ हजार र प्रदेशतर्फ रू एक अर्ब ३२ करोड ८४ लाख १८ हजार गरी कूल रू दुई अर्ब १६ करोड सात लाख ६१ हजार बजेट प्राप्त भएको थियो ।
प्राप्त बजेटमध्ये सङ्घतर्फ रू ५७ करोड ७४ लाख ७७ हजार र प्रदेशतर्फ रू एक अर्ब दुई करोड १६ लाख ८३ हजार गरी कूल रू एक अर्ब ५९ करोड ९१ लाख ७० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए ।
उनका अनुसार खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये सङ्घको रू २५ करोड ४८ लाख ५५ हजार र प्रदेशको रू ३० करोड ६७ लाख ३४ हजार रहेको छ । उक्त रकम कूल बजेटको करिब २६ प्रतिशत हो ।
जिल्लामा सङ्घतर्फ रू पाँच अर्ब ८३ करोड २६ लाख ९० हजार र प्रदेशतर्फ रू ७९ करोड ७३ लाख ४५ हजार गरी चालुतर्फ रू छ अर्ब ६३ करोड ३५ हजार प्राप्त भएको थियो । चालुतर्फ प्राप्त बजेटमध्ये सङ्घको रू पाँच अर्ब ४० करोड २२ लाख नौ हजार र प्रदेशतर्फ रू ६२ करोड ७४ लाख ४४ हजार गरी कूल रू छ अर्ब दुई करोड ९६ लाख ५४ हजार खर्च भएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया