NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

केन्द्रीय समितिमा खाँणको प्रतिरक्षामा घलेले भनिन् – साथीलाई दुःख पर्दा काँध हाल्न नसक्ने ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री तथा केन्द्रीय समिति सदस्य बालकृष्ण खाँणको प्रतिरक्षा भएको छ ।

खाँणको प्रतिरक्षा गर्दै समिति सदस्य राधा घलेले एउटा साथीलाई दुःख पर्दा अर्कोले काँध नहालेको भन्दै असन्तुष्टि जनाइन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई काँध हाल्नुको साटो उल्टै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर बधाई दिएको उनको आशय थियो ।

खाँण पक्राउ परेसँगै कांग्रेसको एक समूहले गृहमन्त्री श्रेष्ठलाई भेटेरै बधाईसमेत दिएको थियो ।

खाँणलाई बिनाकारण गिरफ्तार गरिएको दाबी गर्दै उनले पार्टीका साथीहरू संवेदनशील नभएको आरोप लगाइन् । उनी पक्राउ परेसँगै गृहमन्त्री श्रेष्ठलाई बधाई दिन जानु उपयुक्त नभएको उनको टिप्पणी छ ।

‘एउटालाई पर्दा पार्टीभित्रकै अर्को साथीले साथ दिन सक्दैन भने यो पार्टीभित्र फेरि आज आफूलाई खाने बाघले अरुलाई पनि खान्छ,’ उनले भनिन्,‘त्यसकारण यो कुरा पनि हामीले विचार गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

भ्रष्टाचारको विषयमा नेपाली कांग्रेस संवेदनशील भएको र विधि र प्रक्रियामा चल्ने दाबी गर्दै उनले नक्कली भुटानी शररणर्थी प्रकरणमा थुनामा पुगेका खाँणको बचाउ गरेकी हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष