‘महाजात्रा’को तयारीमा प्रदीप भट्टराई
काठमाडौं । नेपाली चलचित्रलाई फरकरूपमा प्रस्तुत गर्ने निर्माण कम्पनी षट्कोण आर्टसले दुई चलचित्रको तयारी सुरु गरेको छ ।
‘जात्रा’ शृङ्खलासँगै ‘महापुरूष’ निर्माण गरेको यो कम्पनीले निर्देशक प्रदीप भट्टराईको निर्देशनमा ‘महाजात्रा’ र मनोज पण्डितको निर्देशनमा ‘द्रव्यम’ यही वर्ष निर्माण गर्ने तयारी गरिरहेको छ ।
मानवीय संवेदनाको कथावस्तुमा आधारित रहेर तयार हुने ‘द्रव्यम’ दसैँ अगाडि छायाङ्कन हुने निर्माता दीपेश खत्रीले जानकारी दिए । उनले भने, ‘यो वर्ष दुई चलचित्र निर्माण गर्ने तयारी भइरहेको छ । दुवै फरक विधाअन्तर्गत रहेर तयार गर्दैछौँ ।’
यस्तै निर्देशक भट्टराईको लेखन रहेको चलचित्र ‘महाजात्रा’मा विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँले शीर्ष भूमिका निर्वाह गर्नेछन् । यो सफल चलचित्र जात्राको तेस्रो भाग हुनेछ । ‘हामीप्रति दर्शकको अपेक्षा बढेको महसुस भएको छ । हामीले आफूलाई पनि अघिल्लो शृङ्खलाभन्दा सशक्त बनाउने छौँ’, निर्देशक भट्टराईले भने ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया