NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मौसम : भारी वर्षाको सम्भावना कति ?

काठमाडौं । आगामी तीन दिनको लागि देशभर भारी वर्षाको सम्भावना टरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र केही क्षेत्रमा हल्लादेखि मध्यम वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
बिहीबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भाग एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भाग एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागकाा एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।