अवैध विदेशी मुद्रासहित चारजना विमानस्थलबाट पक्राउ, सुन प्रकरणसँग कनेक्सनको आशंका
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित चारजनालाई पक्राउ गरेको छ ।
काठमाडौंबाट दुबई जान लागेका चार जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित बुधबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापा रहेका छन् ।उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ ।
विमानस्थल प्रहरी स्रोतका अनुसार चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएपछि उनीहरू चारैजनालाई विमानस्थल परिसरबाटै पक्राउ गरिएको हो ।
बुधबार नै राजस्व अनुसन्धान विभागले विमानस्थलबाट एक क्विन्टल सुन समेत बरामद गरेको छ । यो मुद्रा सुन तस्करीसँग जोडिएको गिरोहसँग साँठगाँठ भएको हुन सक्ने प्रहरीको आशंका छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया