अवैध विदेशी मुद्रासहित चारजना विमानस्थलबाट पक्राउ, सुन प्रकरणसँग कनेक्सनको आशंका
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित चारजनालाई पक्राउ गरेको छ ।
काठमाडौंबाट दुबई जान लागेका चार जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित बुधबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापा रहेका छन् ।उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ ।
विमानस्थल प्रहरी स्रोतका अनुसार चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएपछि उनीहरू चारैजनालाई विमानस्थल परिसरबाटै पक्राउ गरिएको हो ।
बुधबार नै राजस्व अनुसन्धान विभागले विमानस्थलबाट एक क्विन्टल सुन समेत बरामद गरेको छ । यो मुद्रा सुन तस्करीसँग जोडिएको गिरोहसँग साँठगाँठ भएको हुन सक्ने प्रहरीको आशंका छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया