आजको विनिमय दर : कति पुग्यो डरको भाउ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको भाउ केही बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेकोमा आज खरिददर १३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बेलायती पाउण्डको मूल्य भने केही घटेको छ । बुधबार बेलायती पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४८ पैसा पुगेकोमा बिहीबार पाउण्डको खरिददर १६९ रुपैयाँ ४९ पैसा, बिक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४७ रुपैयाँ १० पैसा र बिक्रीदर १४७ रुपैयाँ ७८ पैसा रहेको छ ।
त्यस्तै आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ । क्यानडियन डलरमा एक डलर खरिद गर्दा ९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९९ रुपैया ९१ पैसा निर्धारण गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया