आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज शुक्रबार गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ।
देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
शनिबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हावाहुरीको पनि सम्भावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने आइतबार पनि भारी वर्षाको सम्भावना रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया