आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज शुक्रबार गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ।
देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
शनिबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हावाहुरीको पनि सम्भावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने आइतबार पनि भारी वर्षाको सम्भावना रहेको छ ।
ताजा अपडेट
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
-
सार्वजनिक यातायात सेवामा बन्द-हडताल नगर्न सर्वोच्चको आदेश
-
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
प्रतिक्रिया