एसईईका परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने मिति आज सकिँदै
काठमाडौं । यस वर्षका माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पुनर्योगका लागि निवेदन यही साउन ५ गतेसम्म दिन आह्वान गरेको थियो ।
पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर निवेदन दिन सकिन्छ ।
एसईईको असार २१ गते नतिजा सार्वजनिक भएको थियो । एसईईको पूरक परीक्षा यही साउन २६ र २७ गते हुँदैछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया