एसईईका परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने मिति आज सकिँदै

काठमाडौं । यस वर्षका माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पुनर्योगका लागि निवेदन यही साउन ५ गतेसम्म दिन आह्वान गरेको थियो ।
पुनर्योगका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर निवेदन दिन सकिन्छ ।
एसईईको असार २१ गते नतिजा सार्वजनिक भएको थियो । एसईईको पूरक परीक्षा यही साउन २६ र २७ गते हुँदैछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया