अवैध सामान भित्रिने क्रम बढेसँगै विमानस्थलमा प्रहरी खटाउन गृहमन्त्रीको प्रस्ताव

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरी पनि परिचालन गर्ने प्रस्ताव अघि बढाएको छ ।
पटक-पटक भएको त्रुटीलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भन्सार कर्मचारीसँगै प्रहरी पनि खटाउने प्रस्ताव अघि सारेको हो।
केही महिनाअघि भन्सार कर्मचारीकै मिलेमतोमा विद्युतीय चुरोटमा आएको सुन चोरी भएको घटनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस्तो प्रस्ताव अघि बढाएका हुन् । यसबारे उनले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि छलफल गरेका छन् ।
अहिले आगमन कक्ष र कार्गोमा प्रहरीलाई चेकजाँचको अधिकार दिइएको छैन । जसका कारण अवैध सामान विमानस्थलबाट बाहिरिएपछि मात्र प्रहरीले कतिपयलाई पक्राउ गर्ने गरेको छ ।
गृहमन्त्री श्रेष्ठले दुई साताअघि पनि मन्त्रिपरिषद्मा यससम्बन्धी प्रस्ताव राखेका थिए ।
प्रतिक्रिया