आज सचिव राउतलगायतको रिटमा निर्णय हुँदै
काठमाडौं । सर्वोच्च अदालतले आज ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलगायतको बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश दिँदैछ ।
राउत सँगै निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमको निवेदनमा आज अदालतले निर्णय गर्ने भएको हो ।
उनीहिरू आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई सरकारी जग्गा किर्ते प्रकरणमा पक्राउ गरेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया