सुन तस्करीबारे अनुसन्धान गर्न राजस्वको पनि समिति गठन
काठमाडौं । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक सय किलो सुन प्रकरणबारे अनुसन्धान गर्न अर्को पनि समिति गठन भएको छ ।
यसबारे विस्तृत अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले समिति गठन गरेको हो । भन्सार विभागले पनि हिजो निर्देशकको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।
राजस्वले आज चार सदस्यीय समिति गठन गरेको छ ।
विभागले बुधबार विशेष अपरेसनमार्फत त्रिभुवन विमानस्थलको भन्सार पास भइसकेको सुन सिनामंगलबाट बरामद गरेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया