सुन प्रकरणमा जोसुकै दोषी भएपनि छाड्दैनौँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् ।
श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरेको उनका स्वकीय सचिव विजय गौतमले बताए ।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जस्तोसुकै र जोसुकै भएपनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौँ, कसैले उन्मुक्ति पाउँदैन ।’ गृहमन्त्रीसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि विमानस्थल पुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको गेटबाट मंगलबार साँझ करिब १०० किलो बढी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया