NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

भाटभटेनीका सञ्चालक मीनबहादुरसहित ३ जना थुनामुक्त नहुने

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभेटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित तीनजनालाई थुना मुक्त नगर्न आदेश दिएको छ ।

गुरुङसहित पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट आज खारेज गरेको हो । गौतम मालपोत कार्यालयका पूर्व कर्मचारी हुन् ।

आज न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरू तीनैजनाको पक्राउ गैरकानुनी नभएको भन्दै उक्त रिट खारेज गरेको होे । योसँगै सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

उनीहरूविरूद्ध बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको आरोप छ ।

ताजा अपडेट

नेपालवाच विशेष