माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षमा नारायणकाजी श्रेष्ठ तोकिएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ इटली गएकाले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
माओवादी केन्द्रका महासचिव देव गुरूङका अनुसार कार्यवाहक प्रधानमन्त्री भने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकिएको छ।
संयुक्त राष्ट्रसंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुनका लागि प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया