एसीसी इमर्जिङ कप : भारत र पाकिस्तानबीच आज उपाधि भिडन्त
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधि भिडन्तमा आज भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै छन् ।
दुई टोलीबीचको खेल श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा आज दिउँसो सवा २ बजेबाट सुरु हुँदैछ।
भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो भने पाकिस्तान ‘ए’ ले घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो । यद्यपी, अभ्यासका लागि नेपाली टोली श्रीलंकामै रहेको छ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया