NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रेष्ठलाई आइतबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जोरपाटीस्थित उनकै निजी निवासबाट पक्राउ गरेको हो ।

योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।