राष्ट्र बैंकले कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो, सवारी साधन र घरजग्गासम्बन्धी कर्जामा रहेको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थापन पुनरावलोकन गर्ने बताएको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति पुनरावालोकन गरिने उल्लेख छ । शेयर धितो कर्जामा उपलब्ध हुने रु २५ लाखसम्मको कर्जाको जोखिम भार हाल १०० प्रतिशत छ । यस्तै, सोभन्दा माथिको कर्जाको जोखिम भार एक सय ५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था छ ।
उक्त व्यवस्थामा केही परिमार्जन हुने केन्द्रीय बैंकको पछिल्लो नीतिले संकेत गरेको छ । यससम्बन्धी थप व्यवस्था भने छिट्टै सार्वजनिक हुने निर्देशनमा समेटिनेछ ।
यसअघि सेयर धितो कर्जाको अधिकतम सीमा रु १२ करोड बराबर कायम गरिएको थियो । आज सार्वजनिक नीतिले त्यसमा पुनरावलोकन गर्ने संकेत भने गरेको छ ।
यसअघि क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल अफ चेम्बर अफ कमर्सले संयुक्तरूपमा व्यापारिक प्रयोजनका सवारीसाधन, सेयर कर्जा, घरजग्गा लगायतमा लाग्दै आएको जोखिम भार १५० प्रतिशतलाई पुनरावलोकन गरी १०० प्रतिशतमात्र हुने व्यवस्था गर्न सुझाव दिएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया