रिलिज हुनुअघि नै ‘रकी और रानी’ कमायो १६० करोड
एजेन्सी । बलिउड निर्देशक तथा निर्माता करण जोहरको फिल्म ‘रकी और रानी की प्रेमकथा’ यही आउँदो जुलाई २८ मा हलमा रिलिज हुँदैछ । फिल्मले भने रिलिज अगावै बजेटको ९० प्रतिशत लगानी रिकभर गरिसकेको छ ।
बलिउड सञ्चारमाध्यमका अनुसार १६० करोडको बजेटमा बनेको यो फिल्मको प्रिन्ट र पब्लिसिटीमा १८ करोड रुपैयाँ खर्च भएको छ । यस्तो अवस्थामा फिल्मको कुल लागत १७८ करोड भारु हुन्छ ।
फिल्मले अहिलेसम्म डिजिटल राइट्सबाट ८० करोड र स्याटेलाइट राइट्सबाट ५० करोड कमाएको छ । यसबाहेक निर्माताले यसको संगीत अधिकार ३० करोडमा बेचेका छन् । यी सबै सहित अहिलेसम्म १६० करोड रुपैयाँ असुल भइसकेको छ । यसरी हेर्दा फिल्म बक्स अफिसमा सुरक्षित अवस्थामा छ ।
निर्माण पक्षले अहिलेसम्म फिल्म ‘तुम के मिली’, ‘झुम्का’ र ‘वे कमलिया’ गरेर तीनवटा गीत सार्वजनिक गरिसकेको छ । सोमबार निर्माण पक्षले दुर्गा पूजाको पृष्ठभूमिमा खिचिएकाे यसको चौथो गीत ‘धिण्डोरा बाजे रे’ रिलिज गर्दैछ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया