रिलिज हुनुअघि नै ‘रकी और रानी’ कमायो १६० करोड
एजेन्सी । बलिउड निर्देशक तथा निर्माता करण जोहरको फिल्म ‘रकी और रानी की प्रेमकथा’ यही आउँदो जुलाई २८ मा हलमा रिलिज हुँदैछ । फिल्मले भने रिलिज अगावै बजेटको ९० प्रतिशत लगानी रिकभर गरिसकेको छ ।
बलिउड सञ्चारमाध्यमका अनुसार १६० करोडको बजेटमा बनेको यो फिल्मको प्रिन्ट र पब्लिसिटीमा १८ करोड रुपैयाँ खर्च भएको छ । यस्तो अवस्थामा फिल्मको कुल लागत १७८ करोड भारु हुन्छ ।
फिल्मले अहिलेसम्म डिजिटल राइट्सबाट ८० करोड र स्याटेलाइट राइट्सबाट ५० करोड कमाएको छ । यसबाहेक निर्माताले यसको संगीत अधिकार ३० करोडमा बेचेका छन् । यी सबै सहित अहिलेसम्म १६० करोड रुपैयाँ असुल भइसकेको छ । यसरी हेर्दा फिल्म बक्स अफिसमा सुरक्षित अवस्थामा छ ।
निर्माण पक्षले अहिलेसम्म फिल्म ‘तुम के मिली’, ‘झुम्का’ र ‘वे कमलिया’ गरेर तीनवटा गीत सार्वजनिक गरिसकेको छ । सोमबार निर्माण पक्षले दुर्गा पूजाको पृष्ठभूमिमा खिचिएकाे यसको चौथो गीत ‘धिण्डोरा बाजे रे’ रिलिज गर्दैछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया