NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ललिता निवास जग्गा प्रकरणमा दुई नक्कली मोही पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा दुईजनालाई पक्राउ गरेको छ ।

उक्त जग्गा किर्ते प्रकरणमा आज नक्कली मोही बनेका सकुलनन्द महर्जन र सञ्जय महर्जनलाई ललितपुरबाट पक्राउ गरिएको हो ।

योसँगै अब पक्राउ पर्नेको संख्या १९ पुगेको छ । पक्राउ परेकामध्ये सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत थुनामुक्त भइसकेका छन् ।