यी प्रदेशमा भारी वर्षाको प्रक्षेपण, सतर्क रहन महाशाखाको अनुरोध
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावका कारण आंशिक देखि सामान्य बदली रहनेछ।
आज मंगलबार कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, कर्णाली र सुदूरपश्चिमसहित अन्य प्रदेशका केही स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
आगामी २४ घण्टा देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षा हुनसक्ने भन्दै बाढी, पहिरोको जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया