NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रोबर्ट ओपनहाइमर बन्न किलियनले गरेको कसरत

एजेन्सी । हलिउड फिल्म ओपनहाइमरमा मुख्य भूमिका निभाएका अभिनेता किलियन मर्फीको अभिनयको यतिबेला खुब तारिफ भइरहेको छ । फिल्ममा सिलियनले वैज्ञानिक जे रोबर्ट ओपनहाइमरको भूमिका निभाएका छन्। उनले ६ महिनामै यो भूमिकाको तयारी गरेका थिए ।

यसको तयारीका लागि उनले भागवत गीता पढेको बताइएको छ । यो सँगै किलियनले उक्त भूमिका निभाउनका लागि कडा डाइट पालना गरेको पनि जनाइएको छ ।

यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा मर्फीले ओपनहाइमरको जटिल भूमिकाका लागि कसरी तयारी गरेका थिए भनेर बताउँछन्।

भिडियोमा उनले भनेका छन्, ‘यो चरित्रको लागि तयारी गर्न, मैले भगवद् गीता पढें किनभने ओपनहाइमरले पनि भगवद् गीता पढेका थिए।’
मर्फीले अगाडी भने, ‘ओपनहाइमरको धेरै अभिलेख र फुटेजहरू छन् जुन तपाईंहरूले पनि पाउन सक्नुहुनेछ । मैले उनमा आधारित पुस्तकहरू पढें, तर मेरो लागि सबैभन्दा महत्त्वपूर्ण स्रोत स्क्रिप्ट नै थियो। यसमा मैले काम गरेको छु । फिल्मको छायांकन सुरु गर्नुअघि यो भूमिकाको तयारीका लागि मैले ६ महिना काम गरेको थिएँ ।’

त्यो ६ महिनाको दौरानमा मर्फीलाई धेरै ‘डिनर इन्भिटेसन’ आए । तर आफ्नो वजन घटाउने तयारीमा लागेका उनले सबै निमन्त्रणा अस्वीकार गरेको बताउँछन् । सुटिङको समयमा उनी बदाममात्रै खाइरहेका हुन्थे । यसैबीच, फिल्मले देशमा राम्रो कमाई गरिरहेको छ।

क्रिस्टोफर नोलनले निर्देशन गरेको यस चलचित्रमा अभिनेता किलियन मर्फीवाहेक एमिली ब्लन्ट, फ्लोरेन्स पग र रोबर्ट डाउनी जुनियर जस्ता कलाकारहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष