नेपाल फर्किएपछि ओलीले भेटे चिनियाँ कम्युनिष्ट पार्टीका नेता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
एमाले पार्टी कार्यालय च्यासलमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमाले पार्टी कार्यालयले जनाएको छ ।
तीन दिनको नेपाल भ्रमणका लागि आइतबार यहाँ आइपुगेका पोलिटब्यूरो सदस्य युआन नेतृत्वको प्रतिनिधिमण्डलले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ र सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया