NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मेस्सी चम्किँदा इन्टर मियामीको लगातार दोस्रो जित

काठमाडौं । लिग कप फुटबलमा इन्टर मियामीले लगातार दोस्रो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा मियामीले एट्लान्टा यूनाइटेडलाई ४-० गोलअन्तरले हराएको हो।

मियामीको जितमा लियोनल मेस्सी दुई गोल गरे । मेस्सीले दुई गोल गर्दै मियामीलाई लगातार दोस्रो जित दिलाउन सफल रहे । उनले खेलको आठौं मिनेटमा पहिलो गोल गरेका थिए भने २२औं मिनेटमा दोस्रो गोल गरे। यस्तै, मेस्सीले एक असिस्ट पनि गरे ।

रोबर्ट थोमस टेलरले ४४ औं मिनेटमा गोल गर्दै मियामीलाई आरामदायी अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मेस्सीकै पास सदुपयोग गर्दै टेलरले मियामीका लागि दोस्रो गोल गरे ।

१५ वटा समूह रहेको प्रतियोगितामा इन्टर मियामी समूह ‘जे’मा छ। आजको जितसँगै मियामी समूहको शीर्ष स्थानमा उक्लिएको छ।