नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक युरोमनी अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी) ले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि EUROMONEY–Awards for Excellence, 2023 बाट सम्मानित भएको छ ।
युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र एनआइएमबीले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो ।
यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन ,रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआइएमबीलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।
बैंकको चुक्ता पूँजी ३४.१२ अर्ब रहेको छ भने एनआइएमबीको शेयरधनी कोष (५९.९५) अर्ब नेपालको वाणिज्य बैंकहरू मध्येकैसबैभन्दा उच्च हो ।
एनआइएमबीले दुई सय ९६ शाखा, दुई सय ८० एटिएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
उत्कृष्ट सेवाका लागि सातवटा Bank of the Year अवार्ड प्राप्त गरेको NIMB ISO 9001:2015 प्रमाणित ICRA Nepal –(International Credit Rating Agency– Nepal) बाट A क्रेडिट रेटिङ दिइएको बैंक पनि हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया