NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक युरोमनी अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी) ले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि EUROMONEY–Awards for Excellence, 2023 बाट सम्मानित भएको छ ।

युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र एनआइएमबीले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो ।

यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन ,रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआइएमबीलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।

बैंकको चुक्ता पूँजी ३४.१२ अर्ब रहेको छ भने एनआइएमबीको शेयरधनी कोष (५९.९५) अर्ब नेपालको वाणिज्य बैंकहरू मध्येकैसबैभन्दा उच्च हो ।

एनआइएमबीले दुई सय ९६ शाखा, दुई सय ८० एटिएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

उत्कृष्ट सेवाका लागि सातवटा Bank of the Year अवार्ड प्राप्त गरेको  NIMB ISO 9001:2015  प्रमाणित ICRA Nepal –(International Credit Rating Agency– Nepal) बाट A क्रेडिट रेटिङ दिइएको बैंक पनि हो ।