तोलामा आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसै गरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीमा प्रतितोला २५ रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
यसअघि साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया