NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ५ गते

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभामा टेबल

काठमाडौं। ‘मुलुकी संहिता केही नेपाल ऐन’लाई संशोधन गर्ने विधेयक २०८० संघीय संसद अन्तर्गतको राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाको विहीबार बसेको बैठकमा मिटरब्याज सम्बन्धीको यो विधेयक टेबुल भएको हो ।

राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरे । यो विधेयक गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको हो । राष्ट्रियसभाबाट आजै विधेयक पारित गर्ने तयारी छ ।

त्यसअघि, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक अघि बढाउन आग्रह गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष