NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

करण जोहरमाथि किन खनिइन् कंगना !

एजेन्सी । बलिउडमा यतिखेर रणवीर सिंह र आलिया भट्ट स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’ प्रदर्शनमा छ । यस फिल्म मार्फत लामो समय पछि निर्देशनमा फर्किएका करण जोहर फिल्मलाई लिएर निकै उत्साहित छन् । शुक्रबारदेखि प्रदर्शनमा आएको यस फिल्मले राम्रो ओपनिङ गरेको बलिउड मिडियाले उल्लेख गरेका छ ।

तर, बलिउड अभिनेत्री कंगना रनावतले भने फिल्मलाई लिएर आलोचना गरेकी छिन् । आफ्नो भनाईलाई लिएर सधैँ विवादमा तानिने कंगनाले फिल्म ‘रकी और रानी कि प्रेम कहानी’ १९९० को दशकको फिल्मको कपी रहेको बताएकी छिन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस पोष्ट गर्दै कंगनाले भनेकी छिन्, ‘भारतीय अडियन्स तीन घण्टाको फिल्म हेरिरहेका छन् । तर, यहाँ नेपो ग्यांगका उही सासू बुहारीको रोनाधोना चलिरहेको छ । यसमा करणको २५० करोड खर्चिएर फिल्म बनाउन किन पर्यो ? करण जोहर, थोरै त लाज हुनुपर्ने हो, आफैँलाई भारतीय सिनेमाको बादसाह मान्नेमा ? यसैपनि भारतीय फिल्म उद्योग राम्रो नचलेको बेला दर्शकलाई अझै बेबकुफ नबनाउ ।’

यसको साथ कंगनाले रणवीर सिंहलाई पनि एक सल्लाह दिएकी छिन् । करण जोहरको ड्रेसिङ सेन्स गलत भएको भन्दै उसको कुरा नमान्न रणवीर सिंहलाई आग्रह गरेकी छिन् । बलिउडमा रणवीर सिंहलाई राम्रो ड्रेसिङ सेन्स भएको अभिनेताको रुपमा लिइन्छ ।

कंगना रनावत अहिले फिल्म तेजस र इमरजेन्सिमा व्यस्त छिन् । तेजसमा पाइलटको भूमिका देखिन लागेकी कंगनालाई इमरजेन्सिमा भने इन्दिरा गान्धीको रोल प्ले गरेको देख्न सकिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष