सारुकको मोबाईलमा भेटियो सुसाइड नोट, के लेखेका छन?
काठमाडौं। गत असार २१ मा आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ।
प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो।
रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो। मोबाइलको नोटप्याडमा सारुकको ‘सुसाइड नोट’ फेला परेको र उनले कसैलाई कुनै पनि खालको अरोप लगाएका छैनन्।
प्रहरीका अनुसार मोबाइलको नोट्समा उनले सबै यही आएर समाप्त हुनु थियो भन्दै, ‘लेट मि रेष्ट इन पिस,’ भनेर लेखेका छन्। उनले सुसाइड नोटमा थुप्रैको सकारात्मक रुपमा लिएको जनाइएको छ। उनको आत्महत्याबारे प्रहरी वृत्त, मालीगाउँले अनुसन्धान गरिरहेको थियो।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया