करारका इन्जिनियर घुससहित अख्तियारको फन्दामा
काठमाडौं। रुपन्देहीस्थित कोटहीमाई गाउँपालिकामा करार सेवामा रहेका इन्जिनियर अरविन्द कुमार यादव घुससहित पक्राउ परेका छन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका टोलीले ४५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका हुन् ।
यादवले गाउँपालिकाको वडा नं ७ अन्तर्गतको सडक पिसिसी ढलान र ग्रावेल गर्ने कामको नापजाँचपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो ।
सोही उजुरीमाथि छानविन गर्दा उनलाई उक्त रकम लिइसकेको अवस्थामा फेला पारिएको हो ।
उनीविरूद्ध आज आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) बमोजिम जरिवाना र कैद सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया