करारका इन्जिनियर घुससहित अख्तियारको फन्दामा

काठमाडौं। रुपन्देहीस्थित कोटहीमाई गाउँपालिकामा करार सेवामा रहेका इन्जिनियर अरविन्द कुमार यादव घुससहित पक्राउ परेका छन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका टोलीले ४५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका हुन् ।
यादवले गाउँपालिकाको वडा नं ७ अन्तर्गतको सडक पिसिसी ढलान र ग्रावेल गर्ने कामको नापजाँचपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो ।
सोही उजुरीमाथि छानविन गर्दा उनलाई उक्त रकम लिइसकेको अवस्थामा फेला पारिएको हो ।
उनीविरूद्ध आज आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) बमोजिम जरिवाना र कैद सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया